सय कामदार विदेश नपठाए पनि म्यानपावर नवीकरण हुने

<p>काठमाडौं । कम्तीमा सय कामदार पठाउन नसक्ने इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) पुनः नवीकरण हुने भएका छन् । वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै सय कामदार पठाउन नसक्ने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो । साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८/८१ मा वार्षिक १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका [&hellip;]</p>

काठमाडौं । कम्तीमा सय कामदार पठाउन नसक्ने इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) पुनः नवीकरण हुने भएका छन् ।

वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै सय कामदार पठाउन नसक्ने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो ।

साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८/८१ मा वार्षिक १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो ।

विभागले सोही अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि इजाजतपत्र नवीकरण लागि म्यानपावर कम्पनीलाइ बोलाएको हो ।

Share News