काठमाडौं । प्रहरीले १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोली आइभरीकोस्टकका ३५ वर्षीय नागरिक वारामा कोनलाई भदौ ३ गते ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।
उनी इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् काठमाडौं आएका थिए । ब्युरोका डीएसपी प्रेमबहादुर शाहीका अनुसार उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको छ ।
उक्त निलेको कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनको भनाइ छ । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाखबराबर भएको बताइएको छ ।