मुग्लिङमा बस दुर्घटनामा १० यात्रु घाइते

<p>काठमाडौं । नारायणगढ–मुग्लिङ सडकमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस ७ बजेतिर सडकको घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १० यात्रु घाइते [&hellip;]</p>

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस ७ बजेतिर सडकको घुमाउनेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचाकालागि भरतपुर तर्फ ल्याइएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण थाहा हुन सकेको छैन । यद्यपि सडकमै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Share News