रामेछापको लेकखर्कमा पहिरोमा २ जानको मृत्यु, ८ जना बेपत्ता

<p>काठमाडौं । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् । बिहान ३ः३५ बजे लेकखर्क गाउँमा पहिरो खसेको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले ४ [&hellip;]</p>

काठमाडौं । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् ।

बिहान ३ः३५ बजे लेकखर्क गाउँमा पहिरो खसेको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए ।

पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको डीएसपी सिंहले बताए । क्षतिको थप विवरण आउन बाँकी छ ।

टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।

Share News