कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ । कैलालीको धनगढीमा रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
देउवाको निवास कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको छ । प्रहरीका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
उक्त वस्तु के हो भन्ने कुरा खुलेको छैन । डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।