तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री खड्से काठमाडौंमा

<p>काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् । उनी घाइतेहरूलाई भेटेर मृतकका शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र [&hellip;]</p>

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् ।

शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् ।

उनी घाइतेहरूलाई भेटेर मृतकका शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र मृतकहरूको शव लिन भनेर पठाएका हुन् ।

यसअघि हिजो पोखराबाट काठमाडौं आउने क्रममा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना भएको थियो ।

त्यहाँ सवारमध्ये २७ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ ।

Share News