काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको निधन भएको छ । शुक्रबार बिहान साढे ११ बजे भएको दुर्घटनामा १४ जनाको निधन भएको छ भन घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको जानकारी प्राप्त भएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।
बसमा चालक र सहचालकसहित ४३ जना यात्रु थिए । अहिले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।