मर्स्याङ्दीमा भारतीय बस खस्यो, उद्वारमा खटे सुरक्षाकर्मी

<p>काठमाडाैं । तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको हाे । त्यसपछि उक्त क्षेत्रमा प्रहरी गएर उद्वारमा खटेकाे छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे [&hellip;]</p>

काठमाडाैं । तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको हाे ।

त्यसपछि उक्त क्षेत्रमा प्रहरी गएर उद्वारमा खटेकाे छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे हाे ।

घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्छ। युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ। बसमा अन्दाजी ४० जना रहेको बताइएकाे छ ।

Share News