बचत ठगीको आरोप लागेका लामिछानेसँग बयान लिइँदै, २ बजे सिंहदरबार बोलाइयो

<p>काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने भएको छ । समितिले सभापति लामिछानेलाई बयानका लागि दिउँसो २ बजे बोलाएको छ । सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बुझिएको छ । यसअघि समितिले समितिको [&hellip;]</p>

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने भएको छ । समितिले सभापति लामिछानेलाई बयानका लागि दिउँसो २ बजे बोलाएको छ ।

सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बुझिएको छ ।

यसअघि समितिले समितिको गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालक रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यको बयान लएिको थियो ।

विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर बयान लिने तयारी गरेको हो ।

हालसम्म समितिले तीन दर्जन बढी सञ्चालकको बयान लिइसकेको छ । जेल तथा हिरासतमा रहेका सहकारी सञ्चालकलाई सिंहदरबारमै बोलाएर समितिले बयान लिइसकेको छ । समितिका अनुसार अब प्रतिवेदन लेखनको कार्यको तयारी भइरहेको छ ।

Share News