काठमाडौं । अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ७ गतेका लागि अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ तोकेको छ । यसअघि हिजो अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ तोकेको थियो ।
युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य उच्च बिन्दुमा पुगेको हो । आज युरोपियन युरो एकको खरिददर १४९.२७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.९४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.६३ रुपैयाँ र बिक्रीदर ९९.०८ रुपैयाँ तोकिएको छ ।
हिजो युरोपियन युरो एकको खरिददर १४८.९१ रुपैयाँ र बिक्रीदर १४९.५८ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७४.६० रुपैयाँ र बिक्रीदर १७५.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.२९ रुपैयाँ र बिक्रीदर ९०.६९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.५० रुपैयाँ र बिक्रीदर ९८.९४ रुपैयाँ तोकिएको थियो ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ ।
हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकिएको थियो ।