विद्युतको बक्यौता उठाइन्छ तर उद्योग चलाएर : प्रधानमन्त्री ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ, विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ, विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ, यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’

उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि प्रष्ट पारेका छन् । उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ, बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ, औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु, खपत अनुसारको महसुल उठाएरै छोडिन्छ ।’

Share News