स्याङ्जाका ११० लिफ्ट खानेपानी आयोजनाले विद्युत महसुलमा पाए १ करोड बढी अनुदान

<p>वालिङ । स्याङ्जाका १ सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत महसुलबापत १ करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरूपमा खानेपानी सेवा पुर्&#x200d;याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने [&hellip;]</p>

वालिङ । स्याङ्जाका १ सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत महसुलबापत १ करोड बढी अनुदान पाएका छन् ।

गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरूपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जाका १ सय १० आयोजनाले अनुदानबापत १ करोड ५ लाख १ हजार २ सय १४ रुपैयाँ पाएको उनले बताए ।

लिफ्ट खानेपानी आयोजनामा विद्युत महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदानग्राही छनोट गरी अनुदान दिइएको हो ।

स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिकरूपमा २५ हजार रुपैयाँसम्मको विद्युत खपत गर्ने अनुदानग्राहीलाई कुल विद्युत महसुलको शत्प्रतिशत अनुदान दिइएको हो ।

मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत उपलब्ध गराइएको हो । तीन तह वा सोभन्दा बढी तहको लिफ्टिङ खानेपानी योजनाका हकमा ९० प्रतिशत अनुदान दिइएको छ ।

मासिकरूपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत खपत गर्ने अनुदानग्राहीले कुल विद्युत महसुलको ५० प्रतिशत र तीन तहभन्दा बढीको लिफ्टिङ खानेपानी योजनाको हकमा ६५ प्रतिशत अनुदान दिइएको छ ।

मासिकरूपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत खपत गर्ने अनुदानग्राहीले कूल विद्युत महसुलको २५ प्रतिशत र तीन तहभन्दा बढी तह भएका योजनाले ४० प्रतिशत अनुदान प्राप्त गरेको कार्यालयका लेखापाल प्रेमप्रसाद रेग्मीले बताए ।

मासिकरूपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत तथा तीन तहभन्दा माथिका योजनामा १५ प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।

स्याङ्जामा सञ्चालनमा रहेका १ सय २० लिफ्ट खानेपानी योजनाले अनुदान रकमका लागि आवेदन दिएका लेखापाल रेग्मीले बताए । आवेदन दिएकामध्ये सबैको आवश्यक कागजात अपुग भएका र रित नपुगेकाले कुल १ सय १० योजनाले मात्रै विद्युत महसुलमा अनुदान पाएका हुन् ।

Share News