कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित, ४० हजार घरपरिवार लाभान्वित

<p>जनकपुरधाम । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ। उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ । तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो । ‘कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा [&hellip;]</p>

जनकपुरधाम । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ।

उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ । तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो ।

‘कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा धनुषा अन्तर्गत यो आयोजनाले बाढीबाट हुने क्षतिबाट हामी सुरक्षित भएका छौँ,’ सिरहाका किसान रामलखन महतोले भने, ‘यसको निर्माण नभएको भए अहिलेसम्म कमला क्षेत्रका बासिन्दाको उठिबास भइसकेको हुन्थ्यो, अहिले खेती पनि राम्रो भइरहेको छ ।’

आयोजना कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार कमला सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा पुगेको छ ।

त्यसबाट ४० हजार घरपरिवार लाभान्वित भएका छन् । सो कार्यालयले आयोजनाको पश्चिमी नहर प्रणालीमार्फत धनुषाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

धनुषाको ६ नगरपालिका र दुई गाउँपालिका गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ ।

सो आयोजनामार्फत सिरहाको १२ हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविध पुगेको छ । पाँच नगरपालिका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा, सुखिपुर नगरपालिका र दुई गाउँपालिका विष्णुपुर तथा औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ ।

कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्बाइ १४.३ किलोमिटर रहेको छ । त्यसका चारवटा शाखा नहर छन् । कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्बाइ ३१.६ किमी रहेको छ । जसअन्तर्गत आठवटा शाखा छन् ।

सो कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कमला सिँचाइ प्रणालीमा मर्मत सम्भार आयोजना तथा बृहत सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण गरी दुई कार्यक्रम सञ्चालन गरेको छ ।

यसै कार्यक्रमअन्तर्गत कमला सिँचाइ प्रणलीको ‘हेडवर्क्स’, पूर्वी तथा पश्चिमी नहर प्रणालीको मर्मत सम्भार तथा संरचना निर्माण गरेको जनाइएको छ । सोही आवमा आयोजना कार्यालयबाट कमला नदीको बाँध, ‘हेडवर्क्स’को मर्मतसम्भार पूर्वी तथा पश्चिमी नहरको ‘अन्डरस्लुस’ तथा ‘वेयर’को चारमध्ये दुईवटा ‘वेयरपोर्सन’को मर्मतसम्भार गरेको छ ।

त्यसैगरी कमला ‘हेडवर्क्स’को पूर्वी तथा पश्चिमी बाँधलाई बाढीबाट भएको कटानको पश्चिमी तर्फ ‘स्लोप रिभेटमेन्ट’ एक सय ३३ मिटर तथा ‘टोईवाल’ एक सय ३९ मिटर र पूर्वीतर्फ ‘लन्चिङ’ तथा ‘ग्याविन वाल’ एक सय ७५ मिटर, ‘टोईवाल’ ५४ मिटर तथा ‘स्पर’ एउटा र ‘स्टड’ आठ निर्माण गरी मर्मतसम्भार गरिएको प्रमुख यादवले जानकारी दिए ।

कमला सिँचाइको पूर्वी तथा पश्चिमी नहर प्रणालीअन्तर्गत एक हजार १० मिटर नहर ‘लाइनिङ’, ३.१५ किमी ‘सभिर्सरोड’ मर्मत, तीनवटा ‘भीआरबी’, तीनवटा ‘बोक्स कल्भर्ट’, चारवटा ‘रोड क्रसिङ’, तीनवटा ‘डिभिजन बोक्स’, आठवटा ‘ड्रोपस्ट्रक्चर’, एक सय ८९ मिटर ‘रिटेनिङ वाल’, एक सय ९० मी संरचना बचावट (खाली बोरामा माटो) भर्ने काम, एक सय ८० मिटर, नहर संरक्षण, एक गेट जडानसहित मर्मत गरेको छ ।

नेपालका ठूला मध्ये कमला सिँचाइ आयोजना पनि एक हो । विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिहंले शिलान्यास गरेको सो आयोजनाले विसं २०४० बाट सिँचाइ सुविधा पुर्‍याउन थालेको थियो ।

सिँचाइ सुविधा पुगेको दुई जिल्लाको औसत उत्पादकत्व तीन दशमलव २१ मेट्रिकटन प्रति हेक्टर धानबाली रहेकामा गत आर्थिक वर्षमा सिँचाइ आयोजनाको थप व्यवस्थापन पछि ४.१३ मेट्रिकटन धानबाली उत्पादन वृद्धि भएको आयोजना कार्यालयले जनाएको छ ।

सिँचाइबाट अहिले वर्षमा दुईरतीन बालीसम्म कृषि उपज उत्पादन भइरहेको छ । सो कार्यालयले आव २०८०/८१ मा जल उपभोक्ता समितिका पदाधिकारी तथा समिति समेत चयन गरेको छ ।

Share News