काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी गरेको छ ।
समितिले सहकारीको रकम गोरखा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लगानी, सहकारीको रकम अपचलनलगायत विषयमा डाकेर बयान लिने तयारी गरेको हो ।
लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोप छ ।
समितिले पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका सांसद लामिछानेसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो ।