तनहुँमा ८ करोड विद्युत बक्यौता

<p>दमौली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब ८ करोड रुपैयाँ विद्युत बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रमा ७ करोड ९७ लाख ७६ हजार १०१ रुपैयाँ बक्यौता रहेको हो । सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट ३ करोड ९७ लाख ६६ हजार ६ सय ६० रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रका [&hellip;]</p>

दमौली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब ८ करोड रुपैयाँ विद्युत बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रमा ७ करोड ९७ लाख ७६ हजार १०१ रुपैयाँ बक्यौता रहेको हो ।

सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट ३ करोड ९७ लाख ६६ हजार ६ सय ६० रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए ।

उनका अनुसार गार्हस्थ्यतर्फ १ करोड ६७ लाख ८३ हजार ९ सय ५९, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार ९ सय, औद्योगिकतर्फ १ करोड २४ लाख ४४ हजार २ सय ४२, सडक बत्तीतर्फ १ करोड १४ लाख ६७ हजार ३ सय १७, खानेपानीतर्फ ८९ हजार ५ सय ९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार दुई सय ९९, सिचाइँतर्फ ३६ हजार ७ सय चार, मन्दिरतर्फ ४१ हजार ५ सय ९२ रुपैयाँ बक्यौता बाँकी छ ।

आर्थिक वर्ष २०७९÷८० मा ८ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये ५७ लाख ८४ हजार दुई सय ९८ रुपैयाँ बक्यौता उठेको रेग्मीले बताए । उनका अनुसार जिल्लामा विद्युतका ५१ हजार ७ सय १७ ग्राहक पुगेका छन् ।

आर्थिक वर्ष २०७९÷८० सम्म ५० हजार ३ सय ७२ ग्राहक रहेकामा गत आवमा १ हजार ३ सय ४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ १ हजार २ सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ २ सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ २, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ ८ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् ।

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ ५ सय ४६, व्यापारिकतर्फ ३ सय ४०, औद्योगिकतर्फ ७ सय ७६, सिचाइँतर्फ ३ सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ २, सडकबत्तीतर्फ १ सय ६९, मन्दिरतर्फ २०३ र अन्यतर्फ १०७ ग्राहक रहेका केन्द्रले जनाएको छ ।

केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत बिक्री गरेको छ । आव २०७९÷८० मा ५ करोड १० लाख ३२ हजार ४ सय ८९ युनिट विद्युत बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत बिक्री बढेको रेग्मीको भनाइ छ ।

Share News