काठमाडौं । अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ३ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६१ रुपैयाँ र खरिददर १३४.०१ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४७.७९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.४५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.३७ रुपैयाँ र बिक्रीदर ८९.२७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.९६ रुपैयाँ र बिक्रीदर ९८.४० रुपैयाँ तोकिएको छ ।
हिजो युरोपियन युरो एकको खरिददर १४७.२८ रुपैयाँ र बिक्रीदर १४७.९४ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.८४ रुपैयाँ र बिक्रीदर ८९.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५९ रुपैयाँ र बिक्रीदर ९८.०२ रुपैयाँ तोकिएको थियो ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ तोकिएको छ ।