काठमाडौं । डा. गोविन्द केसी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै आइतबार केसीले सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।
केसीले ८ वटा कारण देखाउँदै यसअघि बीएण्डसीको पक्षमा भएको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
यसअघि अदालतले ०८० चैत १२ गते सर्वोच्चले प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पूरा गरी सम्बन्धन दिनु भनि आदेश दिएको थियो । न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले प्रसाईंको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो ।
त्यसविरुद्ध केसी पुनः सर्वोच्च पुगेका हुन् ।