श्रीमतीलाई नक्कली सुराकी बनाइ कमिसन खाएको भन्दै पूर्वडीआईजी खरेलविरुद्ध अख्तियारमा मुद्दा

<p>काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आइतबार युवराज पौडेल (युवराज सफल) ले खरेलविरुद्ध उजुरी निवेदन दायर गरेका हुन् । नेपाल प्रहरीका पूर्व उच्च अधिकारीले आफू सेवामा रहँदा सुराकीवापत कमिसन खाएँ भनेर अभिव्यक्ति दिएको भन्दै उनले उजुरी दिएको उल्लेख गरेका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आइतबार युवराज पौडेल (युवराज सफल) ले खरेलविरुद्ध उजुरी निवेदन दायर गरेका हुन् ।

नेपाल प्रहरीका पूर्व उच्च अधिकारीले आफू सेवामा रहँदा सुराकीवापत कमिसन खाएँ भनेर अभिव्यक्ति दिएको भन्दै उनले उजुरी दिएको उल्लेख गरेका छन् ।

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ ।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहनस्वरूप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।

सही सुराकीलाई नदिई नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।

उनले प्रहरीको सुराकीमा धेरै भ्रष्टाचार भएको दाबी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।

Share News