दुई करोड लागतमा गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशाला निर्माण हुँदै

<p>रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई करोडभन्दा बढीको लागतमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहले गौर १ तरकारी बजारस्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भइरहेको जानकारी दिए । भवन निर्माणपछि स्थानीयस्तरमै माटो परीक्षण, पोखरीको पानी परीक्षण, विभिन्न प्रकारको बिउ, मलखाद परीक्षण हुने बताइएको [&hellip;]</p>

रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई करोडभन्दा बढीको लागतमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ।

गौरका मेयर शम्भु साहले गौर १ तरकारी बजारस्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भइरहेको जानकारी दिए ।

भवन निर्माणपछि स्थानीयस्तरमै माटो परीक्षण, पोखरीको पानी परीक्षण, विभिन्न प्रकारको बिउ, मलखाद परीक्षण हुने बताइएको छ ।

त्यस्तै, पशु प्रयोगशालातर्फ गोबर परीक्षण, पशुको रगत तथा पिसाब परीक्षण, पशुको अपरेसन, कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउन्ड, एक्स–रे लगायतका सुविधा उपलब्ध हुने मेयर साहले जानकारी दिए । संघीय सरकारको कुल २ करोड ३० लाख ४० हजारको लागतमा निर्माण भइरहेको भवनको ठेक्का सिएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ ।

भवनको भुइँ तलामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोस्रो तल्लामा गेस्ट हाउस रहने जनाइएको छ। अगामी २०८२ साल वैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताए ।

Share News