युरोपियन युरोको मूल्य आकासिँदै, यस्तो छ आज विदेशी मुद्राको भाउ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ३२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६२ रुपैयाँ र खरिददर १३४.०२ रुपैयाँ तोकेको छ । पछिल्लो समय अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा युरोपियन युरो लगायतका मुद्राको भाउ पनि उच्च बिन्दुमा पुगेको देखिन्छ । आज युरोपियन युरो एकको खरिददर १४७.५८ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ तोकेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ३२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६२ रुपैयाँ र खरिददर १३४.०२ रुपैयाँ तोकेको छ । पछिल्लो समय अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा युरोपियन युरो लगायतका मुद्राको भाउ पनि उच्च बिन्दुमा पुगेको देखिन्छ ।

आज युरोपियन युरो एकको खरिददर १४७.५८ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.३४ रुपैयाँ र बिक्रीदर १७३.११ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.८६ रुपैयाँ र बिक्रीदर ८९.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.७९ रुपैयाँ र बिक्रीदर ९८.२२ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२२ रुपैयाँ र बिक्रीदर ३०.३५ रुपैयाँ तोकिएको छ ।

Share News