बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा

<p>काठमाडौं । प्रहरीले बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र संगठित अपराधमा पूरक अभियोग दर्ता गरेको हो । अनुसन्धानका क्रममा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेपछि प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा लगाएको हो । नक्कली [&hellip;]</p>

काठमाडौं । प्रहरीले बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र संगठित अपराधमा पूरक अभियोग दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेपछि प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा लगाएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले अदालतमा भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् ।

बयानमा उनको नाम लिएका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई पनि आफूले नचिन्ने बयान दिएका छन् ।

Share News