एक्वा त्रिदेव जारको पानीमा कोलिफर्म भेटियो

<p>काठमाडौं । एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) भेटिएको छ । काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयाेग हुने एक्वा त्रिदेव कम्पनीको जारको पानी परीक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको हो । साउन २५ गते महानगरले ५ वटा जार कम्पनीको पानी नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो । उक्त ५ कम्पनीमध्ये मंगलबार आएको [&hellip;]</p>

काठमाडौं । एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) भेटिएको छ ।

काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयाेग हुने एक्वा त्रिदेव कम्पनीको जारको पानी परीक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको हो ।

साउन २५ गते महानगरले ५ वटा जार कम्पनीको पानी नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो । उक्त ५ कम्पनीमध्ये मंगलबार आएको ल्याब रिर्पोटमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म भेटिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार सामान्यतया कोलिफर्म १ सय हुनुपर्नेमा उक्त जारमा ३ सय देखिएको हो ।

Share News