चौतर्फी विरोधपछि मधेशका मुख्यमन्त्रीले गरे ८ राज्यमन्त्री बर्खास्त

<p>धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै, उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो । यही साउन २२ गते गठित मन्त्रिपरिषदमा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेको [&hellip;]</p>

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै, उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।

यही साउन २२ गते गठित मन्त्रिपरिषदमा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेको उक्त कार्यालयले जनाएको छ ।

मधेसमा २० सदस्यीय मन्त्रिपरिषद गठन भएकामा चौतर्फी विरोध भएको थियो ।

Share News