डलरको मूल्यमा बन्यो नयाँ रेकर्ड, यस्तो छ आज विदेशी मुद्राको भाउ

<p>काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज साउन २९ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६६ रुपैयाँ र खरिददर १३४.०६ रुपैयाँ तोकेको छ । मंगलबार तोकिएको अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च हो । आज युरोपियन युरो एकको खरिददर १४६.४१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.०६ रुपैयाँ तोकेको छ [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज साउन २९ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६६ रुपैयाँ र खरिददर १३४.०६ रुपैयाँ तोकेको छ । मंगलबार तोकिएको अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च हो ।

आज युरोपियन युरो एकको खरिददर १४६.४१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.०६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.०९ रुपैयाँ र बिक्रीदर १७१.८६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.४७ रुपैयाँ र बिक्रीदर ८८.८७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६७ रुपैयाँ र बिक्रीदर ९८.११ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.०९ रुपैयाँ र बिक्रीदर ३०.२२ रुपैयाँ तोकिएको छ ।

Share News