के हुन्छ बाँसबारी जग्गाकाे कराडौंको संरचना ?

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित जग्गा खाली गर्न निर्देशन दिएको छ । बाँसबारी जग्गामा लगाइएको चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको हो । सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । तर, केही समय माग गरेपछि जग्गा खाली नगरेर फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित जग्गा खाली गर्न निर्देशन दिएको छ । बाँसबारी जग्गामा लगाइएको चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको हो ।

सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । तर, केही समय माग गरेपछि जग्गा खाली नगरेर फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार जग्गा खाली गर्नका लागि सात दिनको समय मागेको छ । ‘हामीले दुई दिनभित्र खाली गर्न भनेर अल्टिमेटम दिएका थियौं । तर, समय माग गरेपछि सात दिन थप गरेका छौं,’ उनले भने ।

उनका अनुसार नगर प्रहरीले उक्त जग्गामा रहेको चाँदवाग स्कुलको सबै संरचना हटाएर खाली गर्न निर्देशनसहित सोमबार माइकिङ पनि गरेको थियो ।

चप्पल कारखानाको सरकारी जग्गा चौधरी ग्रुपले हडपेको भन्दै अनुसन्धान भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अरूण चौधरीलाई पक्राउसमेत गरेको थियो । सोही जग्गा सरकारले फिर्ता ल्याएसँगै जग्गा खाली गर्न निर्देशन दिएको हो ।

सो जग्गामा हाल चाँदबाग स्कुल छ । अब सो स्कुलको संरचना के हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

Share News