चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको ७ दिने ‘अल्टिमेटम’, फिर्ता नगरे ताला लगाउने चेतावनी

<p>काठमाडौं । बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले थप एक साताको समय दिएको छ । एक साता पछाडि पनि जग्गा फिर्ता नगरे ताला लाग्ने चेतावनी दिएको छ । सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर महानगर प्रहरी बलको टोली पुगे [&hellip;]</p>

काठमाडौं । बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले थप एक साताको समय दिएको छ । एक साता पछाडि पनि जग्गा फिर्ता नगरे ताला लाग्ने चेतावनी दिएको छ ।

सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर महानगर प्रहरी बलको टोली पुगे पनि समय थप गरिएपछि त्यहाँबाट फर्किएको हो ।

विद्यालय सञ्चालकबाट जग्गा खाली गराउन समय थपको माग गरेपछि महानगरले ७ दिनको समय थप दिएको महानगरपालिका प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले बताए ।

Share News