काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्था, पुल्चोकका सेयरधारक राजबहादुर सिंहको बयान लिएको छ ।
बयानका क्रममा सिंहले आफूले सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्न निजी सम्पत्तिबाट व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।
सिंह, पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन् । उनले पहिलो पटक यस्तो बयान दिएको बताएका छन् ।
समितिका सभापति सूर्य थापाका अनुसार सिंहले सहकारीलाई पुनः सञ्चालनमा ल्याउन नयाँ सञ्चालक समूहसमेत तयार भएको जानकारी दिएका छन् ।
सहकारीमा बचत रकम दुरुपयोगको घटनाको विस्तृत छानबिनका लागि ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।
समितिले सहकारी संस्थामा भएको अनियमितताको सत्य तथ्य पत्ता लगाउन सिंहसहित अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।