उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच भेटवार्ता

<p>काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। सोमबार बिहान सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा सहरी विकास, काठमाडौं उपत्यकाभित्रका नदीहरूको स्वच्छता र सफाइ, फोहोरमैला व्यवस्थापनलगायत विषयमा सहकार्यबारे कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

सोमबार बिहान सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा सहरी विकास, काठमाडौं उपत्यकाभित्रका नदीहरूको स्वच्छता र सफाइ, फोहोरमैला व्यवस्थापनलगायत विषयमा सहकार्यबारे कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।

आइतबार नेपाल आएका विदेशमन्त्री मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरिसकेका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्त्री सोमबार स्वदेश फर्किनेछन् ।

Share News