जोरपाटीको धागो फ्याक्ट्रीमा आगलागी

<p>काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए । काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् । स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा [&hellip;]</p>

काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए ।

काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् ।

स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Share News