काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला १ लाख ४६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुब्रबारका लागि १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ६ सय ९० रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने १ हजार ७ सय ३० रुपैयाँ निर्धारण भएको छ ।