काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही हुने

<p>काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सचेत गराएको छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले सचेत गराइएकाे जनाएकाे छ । काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सचेत गराएको छ ।

विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले सचेत गराइएकाे जनाएकाे छ ।

काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ । व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् । यस्तै, जारको पानीमा ५० देखि ६० रुपैँया असुल्ने गर्छन् ।

पानी उत्पादक कम्पनीहरूले यी मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई मूल्यमा समानता कायम राख्न सचेत गराएको हो ।

एमआरपीको नियम पालना नगरे कानुनअनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

Share News