
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।