काठमाडौं । बिहीबार (साउन २४ गते) पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ चुमेको छ । डलरको मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएकको हो । नेपाल राष्ट्र बैंकले आज साउन २४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । यसअघि हिजो बुधबार डलरको बिक्रीदर १३४.६३ रुपैयाँ र खरिददर १३४.०३ रुपैयाँ थियो ।
अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।
आज युरोपियन युरो एकको खरिददर १४६.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६८ रुपैयाँ र बिक्रीदर १७१.४४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५३ रुपैयाँ र बिक्रीदर ९७.९७ रुपैयाँ तोकिएको छ ।
यसअघि हिजो बुधबार युरोपियन युरो एकको खरिददर १४६.१९ रुपैयाँ र बिक्रीदर १४६.८५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१.०० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.८६ रुपैयाँ र बिक्रीदर ९७.२९ रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.८१ रुपैयाँ र बिक्रीदर ३०.९४ रुपैयाँ तोकिएको छ ।