हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए ।

Share News