डलरको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च पुग्दा यस्तो छ अन्य देशको मुद्राको भाउ

<p>काठमाडौं । बुधबार पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरको मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६३ रुपैयाँ र खरिददर १३४.०३ रुपैयाँ तोकेको छ । यसअघि हिजो मंगलबार डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर [&hellip;]</p>

काठमाडौं । बुधबार पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरको मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६३ रुपैयाँ र खरिददर १३४.०३ रुपैयाँ तोकेको छ । यसअघि हिजो मंगलबार डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर १३३.८६ रुपैयाँ थियो ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।

आज युरोपियन युरो एकको खरिददर १४६.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.८५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१.०० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.८६ रुपैयाँ र बिक्रीदर ९७.२९ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.९६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ तोकिएको छ ।

Share News