विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाइए पुन र आचार्य

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका हुन् । प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका हुन् ।

प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । पुन र आचार्यले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता नतिरेसम्म उद्योगहरूमा लाइन जोड्न नहुने भन्दै फरक मत (नोट अफ डिसेन्ट) राखेका थिए । सोही विषयमा पुन र आचार्यसँग गत साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।

गत साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरुलाई हटाउने निर्णय उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काले गरेका हुन् ।

Share News