काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि एमालेमा उपाध्यक्ष पद खाली थियो ।