आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

<p>काठमाडौं । आफूलाई ‘धर्मगुरु’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको हो । उनलाई घरबाटै पक्राउ गरेर अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत [&hellip;]</p>

काठमाडौं । आफूलाई ‘धर्मगुरु’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको हो ।

उनलाई घरबाटै पक्राउ गरेर अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप लगाइएको छ ।

उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share News