सुनको मूल्य तोलामा एक हजारले वृद्धि

<p>काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।

Share News