काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ११ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६२ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२२ रुपैयाँ तोकेको छ ।सबै रेकर्ड तोड्दै हिजो बिहीबार डलरको मूल्य बिक्रीदर १३४.२६ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ पुगेको थियो ।
आज युरोपियन युरो एकको खरिददर १४४.८९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.५४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५२ रुपैयाँ र बिक्रीदर १७३.३० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.९७ रुपैयाँ र बिक्रीदर ९७.४१ रुपैयाँ तोकिएको छ ।
