मन्त्रालयहरूमा मुख्यमन्त्रीको छड्के

<p>जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् । आइतबार निरीक्षण तथा अनुगमन गर्दै उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए । प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि [&hellip;]</p>

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् ।

आइतबार निरीक्षण तथा अनुगमन गर्दै उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए ।

प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन् ।

Share News