सांसद वीरेन्द्र महतोले संसदमा भने- ‘मैले नै ५ हजार घुस खुवाएर काम गराएँ’

<p>काठमाडौं । जनता समाजवादीका सांसद वीरेन्द्रप्रसाद महतोले हिजो मात्र आफूले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षामन्त्रालय अन्तर्गत सानो ठीमीमा ५ जार रुपैयाँ घुस दिएर आएको खुलासा गरेका हुन् । ‘म एउटा सानो उदाहरण दिन चाहन्छु, म भूपूमन्त्री मैले [&hellip;]</p>

काठमाडौं । जनता समाजवादीका सांसद वीरेन्द्रप्रसाद महतोले हिजो मात्र आफूले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षामन्त्रालय अन्तर्गत सानो ठीमीमा ५ जार रुपैयाँ घुस दिएर आएको खुलासा गरेका हुन् ।

‘म एउटा सानो उदाहरण दिन चाहन्छु, म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु, कसले पत्याउँछ ?, मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनिएकाे रहेछ,’ उनले भने, ‘तर, सबै कागज मिलेको छ, म आफैँ गएँ, एउटा अधिकृतलाई भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमीले गरेका छौ, यो एउटा किन गरेनौ भन्दा होइन यो चिया खाने टाइम हो भनेर गए, ४ बजेसम्म आएनन्, एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ, म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ, अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टाचारको कुरा गछौँ ।’

Share News