काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगलाई कारवाही हुने बताएका हुन् । उनले संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हेर्दै यस्तो बताएका हुन् ।
उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् ।