काठमाडौं । सुनको मूल्य आईतबार प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो ।
त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने आज प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ ।