कांग्रेसलाई नयाँ बनाउन आफूभित्रका कमजोरी सुधार्नुपर्छ : गगन थापा

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरी सुधार गर्न आवश्यक रहेको बताएका छन्। आइतबार ४२औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए । [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरी सुधार गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार ४२औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए ।

उनले काँग्रेसभित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए ।

पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले कांग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए ।

महामन्त्री थापाले कांग्रेसलाई स्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए ।

Share News