एक वर्षमै सैनिक कल्याणकारी कोषमा थपियो ४ अर्ब ८५ करोड

<p>काठमाडौं । सैनिक कल्याणकारी कोषको सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख रुपैया पुगेको जानकारी दिएको छ । २०८० [&hellip;]</p>

काठमाडौं । सैनिक कल्याणकारी कोषको सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख रुपैया पुगेको जानकारी दिएको छ ।

२०८० असार मसान्त सम्ममा कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात थियो । कोषको ४ करोड ७७ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटको प्रक्रियामा रहेको सेनाले जनाएको छ ।

Share News