काठमाडौं । विद्युत आपूर्ति अवरुद्ध हुँदा चन्द्रागिरि केबुलकारमा फसेका यात्रुको उद्धार गरिएको छ ।
८ वटा डिब्बामा फसकेका यात्रुको सशस्त्र प्रहरीले उद्धार गरेको हो । अहिले विद्युत आपूर्ति सुरु भएसँगै केबुलकार पनि सञ्चालनमा आएको छ ।
डेढ घण्टामा केबुलकार सञ्चालनमा आएको हो ।