काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि पाँच जनाको नाम सर्टलिष्ट भएको छ । सोमबार बसेको सीईओ छनोट तथा सिफारिस समितिले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो ।
समितिकाअनुसार दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा सर्टलिष्टमा परेका छन् ।
सर्टलिष्टमा परेकाहरूलाई व्यावसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा बोलाइएको छ ।
सर्टलिष्टमा परेका भण्डारी नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ हुन् भने कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक हुन् ।
श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक हुन् भने भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् ।
तत्कालीन सीईओ शंकरकुमार रायमाझी कार्यकाल पूरा गरेर गत पुस ११ गते बाहिरिएपछि गत फागुन ७ गते कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट सीईओका लागि आवेदन मागेको थियो ।