
कलैया । बारामा यस वर्ष १० हजार मेट्रिकटन दलहन उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब रुपैयाँ बराबरको कुल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए ।
उत्पादित दलहनको प्रतिक्विन्टल १० हजार रुपैयाँका दरले बिक्री भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका उनले बताए ।
जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टर क्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।