सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

<p>काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । ब्रेक प्याडभित्र ६० किलोभन्दा बढी सुन लुकाएर तस्करी भएको प्रकरणमा जोडिएपछि चलाउनेविरुद्ध सीआईबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको हो । नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भौतिक रुपमा रहेको वा नरहेको बिषयमा जानकारी प्राप्त हुनेछ । सोही जानकारीको [&hellip;]</p>

काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । ब्रेक प्याडभित्र ६० किलोभन्दा बढी सुन लुकाएर तस्करी भएको प्रकरणमा जोडिएपछि चलाउनेविरुद्ध सीआईबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको हो ।

नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भौतिक रुपमा रहेको वा नरहेको बिषयमा जानकारी प्राप्त हुनेछ । सोही जानकारीको आधारमा उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा चलाउने र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङबीच कनेक्सन देखिएको थियो । राजश्व अनुसन्धान विभागले गत साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

Share News